Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Thursday, August 17, 2023

धानमा मल छर्दै किसान

सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–७, मुसैलीका किसान धानमा रासायनिक मल छर्दै। विगतका वर्षमा भन्दा यसपटक किसानलाई केही सहज रूपमा रासायनिक मल उपलब्ध भइरहेको छ। तस्बिर : विश्वनाथ ठाकुर/रासस

Saturday, May 27, 2023

सर्लाहीमा पिडित साहु समाजको गठन

सर्लाही, १३ जेठ । सर्लाहीमा पिडित साहु समाजको गठन गरिएको छ । मलंगवा–४ स्थित रहेको कल्बार धर्मशालामा शनिवार भेला भएका पिडित साहु समाजको भेलाले सुरेन्द्र प्रसाद यादवको नेतृत्वमा समिति चयन गरिएको छ । नेपाल सरकारले मिटर ब्याज अनुचित लेनदेल सम्बन्धी अध्यादेश ल्याएपछि साहुकारहरु माथि जिल्ला प्रशासन कार्यालयमा अहिले उजुरी पर्न थालेको छ । कानुन अनुसार नै गाउँ घरमा लगानी गर्दै आएका साहुकार बिरुद्ध ऋणीहरुले ऋण नै नतिरि उल्लेटै प्रशासनमा उजुरी दिन थालेपछि त्यसंग कानुनी सामना गर्न पिडित साहु समाजको सर्लाहीमा गठन गरिएको छ । साहु समाजले सरकारले जारी गरेको अध्यादेश सम्बन्धमा सरर्वोच्च अदालतमा मुद्धा हाल्ने समेत निर्णय गरेको छ । साथै आफुहरु बिरुद्ध कुनै कारवाही गरिए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । पिडित साहुकार समितिको अध्यक्षमा सुरेन्द्र प्रसाद यादव, उपाध्यक्षमा समरा खातुन, सह अध्यक्ष बिरेन्द्र यादव, सचिवमा गजेन्द्र राय यादव, कोषाध्यक्षमा बिकाउ राय, सदस्यहरुमा नाजनी खातुन, सुकमारी ठाकुर, समुन्दी देवी पण्डित, सावित्री देवी चौधरी, रंजित चौधरी, राकेश प्रसाद महतो, देवनारायण राय, नागेश्वर चौधरी, सत्यनारायण राय र दशै साह लगायत रहनुभएको छ ।

Thursday, April 06, 2023

भक्तीपुरमा पोखरीमा डुबेको अवस्थामा एक किशोरको शव फेला

सर्लाही, २३ चैत । सर्लाहीको भक्तिपुरमा बुधबारबाट हराइरहेका एक किशोरको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । ईश्वरपुर नगरपालिका-३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन बरहीको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको हो । बुधबार दिउँसो घरबाट बाहिरिएका भुवन रातिसम्म नआएपछि अभिभावकले प्रहरीमा जानकारी गराएका थिए । किशोर बेपत्ताको सूचना पाएको प्रहरी टोलीले उनको घरबाट करिब एक किलोमिटर पर रहेको पोखरीको किनारमा साइकल र केही कपडा देखेपछि पोखरीमा खोजतलास गर्दा किशोरको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । गर्मी छल्न पोखरीमा हामफाल्दा डुबेर मृत्यु भएको हुन सक्ने आकलन गरिएपनि घटनास्थलमा बारे थप अनुसन्धान भइरहेको उहाँले बतानुभयो ।

Wednesday, April 05, 2023

रामवनमा ५ दिनदेखि अवरुद्ध बाटो खुल्यो

सर्लाही, २२ चैत । गोडैता नगरपालिका–५, रामवनमा विवादका कारण शनिवार विहानदेखि अवरुद्ध सार्वजनिक बाटो बुधवारदेखि संचालनमा आएको छ । गोडैता नगरपालिकाको मेयर देवेन्द्र कुमार यादवको नेतृत्वमा उपमेयर अन्जना कुशवाहा वडा ५ का वडा अध्यक्ष प्रकाश प्रसाद गुप्ता लगायत बासिन्दाहरुको उपस्थितीमा सार्वजनिक बाटोको अवरुद्ध हटाई संचालनमा ल्याईएको हो । बिगत दुई वर्षदेखि उत्पन्न सडक बिवाद समाधानमा सम्बन्धित निकाय ध्यान नदिदा शनिवार बिहानदेखि सार्वजनिक बाटो अवरुद्ध भएको थियो । स्थानिय हृदय नारायण साह र निजको छोरो संजय कुमार साहले बिगत लामो समयदेखि बाटो आफ्नो निजी रहेको भनेर बाटोमै गोबर लगायत फोहोर थुपारे राखेपछि त्यसको बिरुद्धमा पूर्व वडा अध्यक्ष सुनिल प्रसाद रस्तोगी, प्रेम शंकर रस्तोगी, मनोज रस्तोगी लगायतले सार्वजनिक बाटो अवरुद्ध गर्नुभएका थिए । बुधवार गोबर लगायतका अन्य फोहोर पदार्थ र अतिक्रमण गरिएको बाटो डोजरले सफा गरिएको छ । पूर्व वडा अध्यक्ष रस्तोगीको घरदेखि श्याम किशोर गुप्ताको घर अगाडि भएर राहुल साहको घरसम्म जाने सार्वजनिक बाटो १३ फिट कायम गरिएको र मनोज कुमार चौधरीको घरको दक्षिणबाट पूर्वजाने सार्जवनिक बाटो ११ फिट छुट्याइएको छ । साथै कसैले सोको विरुद्ध कार्य गरेमा कानुन बमोजिम कारवाही गरिने भनी सर्वसहमतिले निर्णय गरिएको छ । बाटो अवरुद्धका कारण स्थानीयवासीहरुलाई आवागमनमा समस्या हुँदै थियो र बाटो समस्या समाधानका लागि नगरपालिका र न्यायिक समितिमा पटक पटक उजुरी निवेदन परेको थियो ।

स्रोत नखुलेको रकमसहित अगर्वाबाट तीन जना पक्राउ

सर्लाही, २२ चैत । श्रोत नखुलेको रकमसहित कविलासी नगरपालिकाबाट तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कविलासी नगरपालिका ८ अगर्वाबाट श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सर्लाही धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ वर्षीय राजेश बनिया र भारत घर भई हाल पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १९ बस्ने १९ वर्षीय अनिल साहलाई नम्बर १० गण कविलासीबाट खटिएको टोलीले बुधवार बिहान नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो । नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्रले जनाएको छ ।
 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets